प्रदेश

रुपन्देहीमा पनि हैजाको संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या ४७



बुटवल, २६ साउन । रुपन्देहीमा पनि हैजाको संक्रमण भेटिएको छ । रुपन्देहीमा पनि संक्रमण भेटिएसँगै देशभरमा हैजाको संक्रमण फैलिने जिल्लाको संख्या पाँच पुगेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४७ जनामा हैजा देखिएको छ ।

यसअघि ललितपुर, काठमाण्डौ, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा आठ जना, काठमाण्डौ र प्युठानमा समान दुईरदुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा।यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

हैजा थप फैलिँदै गएको छ । यो ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सुरक्षित पानी पिउन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव छ ।

प्रकाशित : २६ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६