प्रदेश

प्युठानका २९ प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँचमा



प्युठान, ०१ भाद्र ।
प्युठानमा कुल जनसङ्ख्याको २९ प्रतिशत मात्र स्वास्थ्य बीमामा सहभागी भएका छन् । झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो ।

स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्युठानका दर्ता अधिकारी जेद बहादुर घर्तिमगरले प्युठानमा हालसम्म ६८ हजार ८३५ जनाले स्वास्थ्य बीमा गराएको जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार प्युठानमा कुल जनसङ्ख्या दुई लाख ३२ हजार १९ रहेको छ । यो अनुसार जिल्लामा ७० दशमलव ३४ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको हो ।

प्युठानमा २०७५ सालदेखि स्वास्थ्य बीमा लागु भएको हो । शुरु देखि नै जिल्ला अस्पताल बिजुवार, खलंगा प्राथमिक स्वास्थ्य केन्द्र र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराए बीमा सुविधा लिन सकिने स्वास्थ्य संस्था तोकिएको हो ।

सम्पर्क कार्यालयका अनुसार जिल्लामा सरुमारानी र ऐरावती गाउँपालिकाका नागरिकहरू बढी मात्रामा स्वास्थ्य बीमाको पहुँच बाहिर रहेको पाइएको हो । सम्पर्क कार्यालयको तथ्याङ्क अनुसार सरुमारानी गाउँपालिकामा १२ दशमलव ८० प्रतिशत मात्रै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका हुन् । ऐरावती गाउँपालिकामा १४ दशमलव ५८ प्रतिशत जनसङ्ख्या बीमामा सहभागी छन् ।

आ.व. २०८०/०८१ मा सहभागी मध्ये जिल्लाका २०० महिला स्वास्थ्य स्वयंसेविकाले ५० प्रतिशत छुट, आठ हजार २ सय ४७ जना जेष्ठ नागरिक, ७७ जना एचआइभी सङ्क्रमित, एक सय ६० जना क वर्गका अपाङ्गता भएका र १ जना कुष्ठरोग पीडितले निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका छन् । सरकारले जेष्ठनागरिक, एचआइभी सङ्क्रमित, क वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी र घातक खालको टिबी रोगीलाई निःशुल्क स्वास्थ्य बिमा सुविधामा सहभागि हुने नीति ल्याएको छ ।

बीमामा सहभागी अधिकांशले बीमा सुविधा प्रति असन्तुष्टि देखाउँदै आएका छन् । बीमा लागु हुने स्वास्थ्य संस्थामा औषधिहरू नमिल्ने र व्यक्तिगत खर्चबाट खरिद गर्नु पर्ने नागरिक बाध्य छन् । अस्पतालमा स्वास्थ्य बीमा बापत मिल्ने सुविधाहरू प्रभावकारी रूपमा नपाइएको स्वास्थ्य बीमामा सहभागी प्युठान नगरपालिका–६ का मधुसुदन पोख्रेलले बताए । ‘वार्षिक बीमा शुल्क तिरेपछि सर्त अनुसारको सुबिधा पाइएन’ पोख्रेलले भने,‘ निःशूल्क उपचारको अपेक्षा अनुसार सेवा नदिदा दोहोरो मारमा परेका छौं ।’ प्युठान अस्पतालमा फार्मेशी सेवा सञ्चालन भएपनि निजी फार्मेशीबाट औषधीहरू खरिद गर्नु पर्दा बीमाबाट भुक्तानी नहुँने हुँदा मारमा परेको उनको भनाइ छ ।

प्युठान अस्पतालबाट आ.व. २०८०/०८१ मा बाईस हजार ९ सयले स्वास्थ्य बीमा मार्फत सेवा प्राप्त गरेको सूचना अधिकारी विजय चन्दले जानकारी दिए ।


जिल्लाभर ५८ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ । स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ । बीमा गरेका नागरिकले प्रभावकारी सेवा सुबिधा नपाएको गुनासो दर्ता सहयोगी गुनासो गरेपनि त्यसको सुनुवाइ नुहँदा जिल्लामा स्वास्थ्य बीमा प्रति नागरिकको आकर्षण बढ्न सकेको छैन् । झन्झटिलो प्रक्रिया नागरिकको धारणा छ । त्यसैगरी बीमा बोर्ड तथा स्वास्थ्य बीमा प्रदायकले जनचेतनामा वृद्धि र बीमाको महत्व बुझाउन सके सबै नागरिक स्वास्थ्य बीमाको पहुँचमा आउन सक्ने जानकारहरूको धारणा छ ।

प्रकाशित : १ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६