खोज–अनुसन्धान

करेन्ट लाग्दा दुई बालिकाको मृत्यु



मकवानपुर २७असोज । जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं १६ चिसापानीमा दुई बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेहरूमा बारा निजगढ नगरपालिका नं १ बस्ने वर्ष ९ की र हेटौँडा नं १६ बस्ने वर्ष ७ की बालिका रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।उनीहरूलाई आज दिउँसो साढे १ बजेतिर हेटौँडा १६ चिसापानीबाट २०० मिटर पश्चिम(दक्षिण पर्ने कबर्ड हलको छेउमा करेन्ट लागेको हो ।
सो स्थानमा रहेको विद्युत्‌को ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।उनीहरू सोही स्थानमा हिँड्ने क्रममा पानीमा टेक्न पुग्दा करेन्ट लागी बेहोश भएका थिए । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो तर, उपचारको क्रममा डाक्टरले मृत घोषणा गरे ।

प्रकाशित : २७ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६