अर्थ-वाणिज्य

खोटो बेचेर अठार लाख बढी आम्दानी



घोराही (दाङ), १२ भदौः

खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् ।

आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आव २०८१÷८२ मा रु एक लाख ९६ हजार ७५६ किलो कम खोटो सङ्कलन भएको छ । आव २०८०÷८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा ७८ हजार किलो सल्लाको खोटो सङ्कलन गरी बिक्री गर्दा रु नौ लाख ३९ हजार २७ आम्दानी भएको थियो । खोटो सङ्कलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।
–––

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६