डेक्स, भाद्र १४
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम शारु मगर र पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथी यति खेर ए.आई. लगायत चीनीया प्रविधीको प्रयोग बारे अध्ययन, अवलोकन तथा सद्भावपूर्ण वैठकमा ब्यवस्था रहनु भएको छ ।
अध्ययन मुख्य गरी प्रविधिको प्रयोग, विकासमा केन्द्रित रहेको स्वास्थ्य मन्त्री खेम सारु मगरले बताउनु भयाृे । अवलोकनका क्रममा स्वास्थ्य, शिक्षा तथा उद्योगहरुसंग सम्वन्धीत विभिन्न प्राविधिक केन्द्रहरुमा प्रयोग भइरहेका उपकरण, रोबोटिक्स, कोडिङ, ड्रोन, ए.आइ.को अनुसन्धान, विकास, उत्पादन तथा औद्योगिक प्रतिष्ठानहरुको अध्ययन गरिएको स्वास्थ्य मन्त्री शारु मगरले बताउनु भयो ।

अवलोकन चीनको ग्वान्जाओमा रहेका विभिन्न शिक्षा, स्वास्थ्य क्षेत्र संग सम्बन्धित प्रतिष्ठानहरुमा केन्द्रित गरिएको प्रदेश सभा सदस्य पंथीले बताउनु भयो ।
प्रदेश सभा सदस्य पंथीले चीनको ग्वान्जाओको अध्ययनबाट नेपाली स्वास्थ्य तथा शिक्षा क्षेत्रमा चीनिया प्रविधीको प्रयोगबाट नेपालले फाईदा लिन सक्ने प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले बताउनु भयो ।








प्रतिक्रिया