कर्णाली

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क



नेपालगञ्ज, २१ भदौः

नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क प्रदान गरिने भएको छ ।

सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिनुभयो । उहाँले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किन सम्भावना रहने बताउनुभयो । “मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पु¥याउनसके इन्जेक्सनको सहयोगले बिरामी निको हुने सम्भावना हुन्छ”, डा पाण्डेले भन्नुभयो । 

एक ‘भायल’को करिब रु एक लाख पर्ने पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिँदा यसबाट सिमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ । 

पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले बताउनुभयो । सो परिमाणले सात विरामीको उपचार गर्न सकिन्छ ।  भरतपुर, काठमाडौँलगायत सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइए पनि भेरी अस्पतालमा हालसम्म उपलब्ध थिएन । हालै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदी, मेडिसिन विभाग प्रमुख डा पाण्डेलगायतको पहलमा यहाँ पनि निःशुल्क उपलब्ध गराइने भएको हो । अस्पतालको यो पहलले नेपालगञ्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्कघातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय उपचार प्रदान गर्नु हो । कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई सुनिश्चित गरेको छ ।  

प्रकाशित : २१ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६