जीवनशैली

महाकवि देवकोटाको ११७औँ जन्म जयन्ती मनाइयो



काठमाडौँ, ३ कात्तिक

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा डिल्लीबजारस्थित देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा उहाँको प्रतिमामा माल्यार्पण तथा कविता वाचन गरियो । प्रतिष्ठानका कुलपति भुपाल राईले नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको अन्तरराष्ट्रिय तहमा प्रचारप्रसारसमेतमा देवकोटाले महत्त्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण गर्नुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएकाले देवकोटा भौतिक रूपमा नरहेपनि सधैँ नेपालीबीच अमर रहुनुभएको बताउनुभयो ।

तुरुन्त कविता लेख्नसक्ने आँशुकविको क्षमता भएका देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य मूल्यवान रहेको बताउँदै उहाँले महाकविका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइने विशेषता रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानकी साहित्य विभाग प्रमुख एवं प्राज्ञ बाबा बस्नेतले उहाँ विसं २०१६ मा आफू शिक्षामन्त्री भएको समयमा देशभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरी नेपालीलाई एकताबद्ध बनाउनुभएको विचार व्यक्त गर्नुभयो । नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा फैलाउन देवकोटाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण उहाँले गर्नुभयो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । देवकोटाका महाकाव्य, खण्डकाव्य, निवन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

प्रकाशित : ४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६