अर्थ-वाणिज्य

सुत्केरीलाई पोषण भत्ता वितरण



तनहुँ, ५ कात्तिकः

जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले २४ सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ । ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत प्रत्येक गर्भवतीलाई रु पाँच हजारका दरले रु एक लाख २० हजार वितरण गरिएको हो ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भ जाँच गराएका सुत्केरीलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “उक्त कार्यक्रमले आमा र शिशुको मृत्युदर न्यूनीकरण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “घरमै सुत्केरी गर्दा आमा र शिशुको ज्यान जोखिममा  पर्ने भएकाले स्वास्थ्य परीक्षण कार्यलाई प्राथामिकता दिइएको छ ।”

गाउँपालिकाले सुरक्षित सुत्केरीको सन्देश गाउँ–गाउँमा पु¥याउँदै आएको र महिलाको सचेतनामा वृद्वि हुदै गएको सो गाउँपालिकाले जनाएको छ । “पहिले महिलाहरू घरमै सुत्केरी गर्थे, अहिले स्वास्थ्य संस्थामा सुत्केरी गर्न उत्साहित भएर जाने गरेका छन्”, उपाध्यक्ष बालकृष्ण घिमिरेले भन्नुभयो । सुत्केरीलाई घरबाट स्वास्थ्य संस्थासम्म र पुनः घर फर्कदासम्म निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । 

“गर्भवतीले समयमा परीक्षण गरेमा जटिलता कम हुन्छ, आमा–शिशु दुवै सुरक्षित रहन्छन्”, गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सक्षम घिमिरेले भन्नुभयो, “चार पटक गर्भ परीक्षण अनिवार्य नियमले महिलामा स्वास्थ्य सचेतना बढाएको छ ।” पाँच वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यो अभियानले घरमै हुने असुरक्षित सुत्केरी घटाएको छ भने स्वास्थ्य संस्थामा सुत्केरी गर्ने महिलाको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । 

प्रकाशित : ६ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६