देश

जिपीम्यानको नयाँ कार्यसमिति चयन



काठमाडौँ, १६ कात्तिक

जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।

आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन, सहसचिवमा डा सन्तोष बास्तोला, कोषाध्यक्षमा डा सञ्जयकुमार गुप्ता तथा सहकोषाध्यक्षमा डा आरती शाह चयन हुनुभएको छ । त्यस्तै, कार्यसमिति सदस्यमा डा ऐषणा जोशी, डा दयाराम लम्साल, डा दीपेन्द्र तिमिल्सिना र डा राजीवराज थपलिया हुनुहुन्छ । 

सरकारी तथा निजी अस्पताल एवं दुर्गम भेगमा रहेका स्वास्थ्य संस्थामा कार्यरत आकस्मिक तथा सामान्य चिकित्सा क्षेत्रमा कार्यरत ८०० भन्दाबढी चिकित्सक रहेको यस संस्था २०४६ सालमा स्थापना भएको हो । संस्थाको एकता, पेसागत उन्नति र आपत्कालीन स्वास्थ्य सेवामा योगदानका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष डा दवाडीले विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६