जीवनशैली

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवस पनि आजै



काठमाडौँ, २८ कात्तिक

पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ । यस्ता सम्पदाको संरक्षणमा पुरातत्व विभाग क्रियाशील छ ।

पुरातात्विक विशेषज्ञहरूका अनुसार सांस्कृतिक सम्पत्ति केवल पुरानो वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अङ्ग हो । त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी हो ।

प्रकाशित : २९ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६