ब्रेकिंग न्युज

बाणगंगा कार्यपालिका बैठक , भौतिक योजनामा तीव्रता, महोत्सवमा सहयोगको आह्वान



कपिलवस्तु, ३ मंसिर

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ। बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै नगरको विकास, प्रशासनिक सुशासन र आगामी कार्यक्रमहरूका कार्यान्वयनबारे विस्तृत समीक्षा गरेको प्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिनुभयो।
प्रवक्ता पौडेलका अनुसार अघिल्लो कार्यपालिका बैठकका अधिकांश निर्णयहरू सन्तोषजनक रूपमा कार्यान्वयन भएको निष्कर्ष बैठकले निकालेको छ।

भौतिक पूर्वाधार योजनामा छिटो समिति गठनको निर्देशन

बैठकले उपभोक्ता समिति मार्फत सञ्चालन हुने भौतिक पूर्वाधारसम्बन्धी योजनाहरूका लागि सम्बन्धित समितिहरू छिटो गठन गर्न निर्देशन दिएको छ। साथै ती योजनाहरू यही मंसिर मसान्तभित्र सम्झौता सम्पन्न गरी काम सुरु गर्ने निर्णय भएको बताइएको छ।

गौ–आध्यात्मिक महोत्सवमा सहयोगका लागि आह्वान

यही मंसिर ११ गतेदेखि मधुबनधाम स्थित भागरथी गौ–रक्षा विकास केन्द्रमा सुरु हुँदै गरेको प्रथम गौ–आध्यात्मिक महोत्सव सफलतापूर्वक सम्पन्न होस् भन्ने उद्देश्यले नगरवासी, सरोकारवाला तथा सामाजिक संघ–संस्थालाई सक्रिय सहयोगका लागि अनुरोध गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ।

प्रकाशित : ४ मंसिर २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६