ब्रेकिंग न्युज

श्रृंगिघाट सामुदायिक वनद्वारा महायज्ञका लागि एक लाख ११ हजार बढी सहयोग



कपिलवस्तु, १८ मंसिर

भागीरथी गौ–संरक्षण विकास केन्द्रद्वारा सञ्चालित बृहत् धन–धनधान्याञ्चल महायज्ञका लागि श्रृंगिघाट सामुदायिक वन उपभोक्ता समितिले रू। १,११,१११ ९एक लाख एघार हजार एक सय एघार रुपैयाँ० संस्थागत सहयोग प्रदान गरेको छ।

समितिबाट प्राप्त सहयोग रकमले महायज्ञको सफल सञ्चालन, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन तथा गौ–संरक्षणका लक्ष्यअनुरूपका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने महायज्ञ मूल समारोह समितिले जनाएको छ। समितिले सहयोगदाताप्रति हार्दिक आभार, कृतज्ञता र सम्मान व्यक्त गरेको छ।

श्रृंगिघाट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी ९सुशील० ले गौ–संरक्षणको महत्व केवल सामाजिक मात्र नभई आध्यात्मिक दृष्टिले पनि अत्यन्त मूल्यवान् रहेको उल्लेख गर्दै सबैलाई आफ्नो क्षमताअनुसार सहभागिता जनाउन आग्रह गरे। बाणगंगा–८, मधुवनधाम क्षेत्रमा आयोजना भइरहेको महायज्ञ मंसिर ११ गतेदेखि सुरु भएको हो र १८ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित : १९ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६