जीवनशैली

स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यकः पूर्वराष्ट्रपति यादव



महेन्द्रनगर (धनुषा), ११ पुस

पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । आज धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उहाँले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिनुभयो । समाज सेवाभन्दा ठूलो धर्म अरु केही नभएको भन्दै पूर्वराष्ट्रपति डा यादवले स्वास्थ्य शिविर आयोजना गरेर राम्रो काम गरिएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहित बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण कार्यक्रम गरेर सराहनीय काम गरिएको बताउनुभयो । उहाँले शिविरमा उपचार गराएर स्वास्थ्यलाभ लिनका लागि सबैलाई आग्रह गर्नुभयो । हंसपुर नगरपालिका उपप्रमुख दुर्गीदेवी मण्डलले हंसपुरमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । शिविरका आयोजक समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न जनताले भारत तथा काठमाडौँमा उपचार गर्न बाध्य हुनुपरेको भन्दै शिविरबाट केही राहत हुने बताउनुभयो । कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा दिग्विजयकुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदनकुमार महरा, वरिष्ठ चिकित्सक डा गौराङ्ग मिश्र, जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहलगायतले सम्बोधन गर्नु भएको थियो । शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटु, मिर्गौला, बाँझोपन, स्त्री, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नी, आँखाका साथै सामान्य उपचारसहित निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ । —

Powered By  Orson Infotech

प्रकाशित : ११ पुस २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६