काठमाडौँ, ११ पुस
नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा राखिएका पुस्तक ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । कमलादीस्थत प्रतिष्ठानमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले हालसम्म प्रकाशन गरेका साहित्यिक, अनुसन्धानात्मक, नेपाली शब्दकोश, जर्नललगायत विभिन्न पुस्तक प्रदर्शनीमा राखिएका छन् । प्रतिष्ठानका कुलपति भुपाल राईले आज प्रदर्शनीको उद्घाटन गर्दै अनुन्धानात्मक र खोजीमूलक पाठकका लागि प्रदर्शनी लाभदायक हुने बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले वर्षमा तीन÷चार पटक प्रदर्शनी गर्दै आएको र पछिल्लो समय पाठकको रोजाइमा प्रतिष्ठानका पुस्तक खोजी हुने गरेको अनुभव सुनाउनुभयो । “प्रतिष्ठानका पाठक फरक छन्, विद्यावारिधी गर्न लागेका र वौद्धिक वर्गका पाठकले यहाँ प्रदर्शनीमा आएर पुस्तक किन्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यद्यपी पछिल्लो समय युवा पुस्ताको रोजाइमा प्रतिष्ठानका सिर्जनाले तानेका छन् ।” —








प्रतिक्रिया