खोज–अनुसन्धान

माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो



तुलसीपुर (दाङ), ४ माघ

थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ जाने, कोसँग जाने भन्ने कुराको निक्र्यौल त्यही २ गतेको भेलाले गर्ने गथ्र्यो । त्यसपछि माघ महिनाभर केटाका लागि केटी र केटीका लागि केटा तयार गरेर बिहेको समय टुङ्गो लगाएर विवाह गरिदिने चलन थियो । तर, अहिले त्यो चलन लोप हुन लागेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “पहिले माघीमा उमेर पुगेका सन्तानको विवाह गरिदिने चलन थियो, तर अहिले त्यो चलन हरायो”, उहाँले भन्नुभयो । यसरी मागी विवाह गर्ने चलन रहे पनि अहिले आफैँ भागेर पनि विवाह गर्ने तथा आफूले रोजेको केटासँग आफैँ बिहे गरेर जाने भएकाले त्यो चलन हराउँदै गएको चौधरीको भनाइ छ । यसरी आफैँ विवाह गर्ने चलन बढेपछि गाउँको बैठकमा विवाहको कुराले खासै प्रवेश नपाउने गरेको उहाँले बताउनुभयो । थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । महिनाभरि नै थारू समुदायले माघी मनाउँछन् ।

प्रकाशित : ५ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६