जीवनशैली

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा



काठमाडौँ, ७ माघ

पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित काभे्रपलाञ्चोकको सांस्कृतिक सहर पनौतीको तीर्थयात्राका लागि साँखुबाट हिँडेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका व्रतालु साँखुस्थित शालीनदीबाट पनौती जाने परम्परा छ । तृतीयाको बेलुकी पनौती पुगेका व्रतालुले माघशुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गर्ने विधि छ । स्नान र पूजा सकिएपछि माधवनारायण भगवानलाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरी चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिन्छ । यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका व्रतालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने गर्छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६