कोशी

राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित



मोरङ, ११ माघ

राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभएको हो । मेचेले सात हजार १७३ मतभार प्राप्त गर्नुभयो भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याउनुभयो । यसैगरी दलिततर्फ नेकपा (एमाले) का पोर्तेल निर्वाचित हुनुभयो । पोर्तेलले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेम सुन्दासलाई पराजित गर्नुभयो । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गर्नुभयो भने सुन्दासले दुई हजार २७ मतभार ल्याउनुभयो । कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका चार–चार तथा स्वतन्त्र दुई जना रहेका थिए । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका पाँच र जसपाका एक सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका तीन, एमालेका दुई, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्धाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट उनको नाम हटाइएको थियो ।

प्रकाशित : १२ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६