जीवनशैली

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ



महेन्द्रनगर (धनुषा), १२ माघ

पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गर्नुभएको छ । मन्दिरमा उहाँले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गर्नुभएको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उहाँको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो । पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गर्नुभएको थियो । उहाँले राजदेवी मन्दिरको पनि दर्शन गर्नुभएको छ । त्यसैगरी आजै साँझ गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमासमेत सहभागी हुनुभएको थियो ।

प्रकाशित : १३ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६