देश

लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता



काठमाडौँ, २ चैत

नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच उपदान कोष व्यवस्थापन एवं सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा आज भएको उक्त सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा डा राजीव श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । सम्झौतापश्चात् विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएको रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ । विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी प्रदान गरिने कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित : २ चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६