ब्रेकिंग न्युज

मानवसेवा आश्रमद्वारा झापामा ‘आमा सेमिनार’



झापा, १८ चैत

मानवसेवा आश्रमले पारिवारिक प्रेम, सामाजिक जिम्मेवारी र अभिभावकप्रति सम्मान प्रकट गर्न यहाँका तीन स्थानमा ‘आमा सेमिनार’ सञ्चालन गरेको छ । सो आश्रमले आज मेचीनगर नगरपालिकाको काँकडभिट्टा र बाहुनडाँगीमा विद्यार्थी र समुदाय लक्षित कार्यक्रम गरेको हो । गत मङ्गलबार भने कनकाई नगरपालिकाको सुरुङ्गामा उक्त कार्यक्रम गरेको थियो । ‘आमा सेमिनार’मा वृद्धवृद्धा, युवा, विद्यार्थी, सामाजिक अभियन्ता, सरकारी निकायका प्रतिनिधिलगायत सहभागी थिए । सेमिनारमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले समाजमा मातृस्नेह र पारिवारिक सम्बन्धलाई बलियो बनाउन तनाव व्यवस्थापन, खुसी र परोपकारी भावनाको आवश्यकता रहेको बताउनुभयो । आश्रमले नेपालका १९ जिल्लामा २८ वटा शाखामार्फत सडकमा आश्रित मानिसहरुको उद्धार, उपचार र पुनःस्थापना गरी मुलुकलाई सडकमानव मुक्त बनाउन पहल गरिरहेको जनाएको छ । आश्रमको १९औँ शाखा झापाको मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन भइरहेको छ । —

प्रकाशित : १८ चैत्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६