कपिलवस्तु, बाणगंगा, २० चैत्र
६९औं राष्ट्रिय सहकारी दिवस २०८२ “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित देशभर विविध रचनात्मक कार्यक्रम गरी मनाइएको छ। यसै अवसरमा कपिलवस्तुको बाणगंगामा रहेका विभिन्न सहकारी संस्थाहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गरी दिवसलाई अर्थपूर्ण बनाएका छन्।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मेटिर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहकारीकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा करिब ३० प्वाइन्ट रगत संकलन हुने अनुमान गरिएको सिनर्जी सहकारीका ऋण प्रमुख ईश्वरराज न्यौपानेले बताए। कार्यक्रमका सहभागिहरुलाहरुलाई सहकारीका अध्यक्षहरू लक्ष्माण प्रसाद बेल्बासे, घनश्याम घिमिरे, विष्णु प्रसाद खनाल, रेडक्रस सोसाईटी बाणगंगा शाखाका सभापति शंकर पाण्डेले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नु भएको सिनर्जी सहकारीका व्यवस्थापक दिनामणि खनालले जानकारी दिए।
रक्तदान कार्यक्रमलाई सफल बनाउन रेडक्रस सोसाइटी बाणगंगा शाखाले प्राविधिक सहयोग गरेको स्वाभिमान सहकारीका व्यवस्थापक सागर घिमिरेले जानकारी दिएका छन्।
सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गरिएको यस्तो कार्यक्रमले सहकारी संस्थाहरूको सामाजिक प्रतिबद्धता मात्र नभई समुदायप्रति उनीहरूको सकारात्मक भूमिका पनि उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ।








प्रतिक्रिया