ब्रेकिंग न्युज

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन



काठमाडौँ, २७ चैत

सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरुलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिँदै त्यसो गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिएर सेवा प्रवाह गर्न निर्देशन दिएको हो । प्रादेशिक अस्पताल तथा सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई पनि सोही अनुसार गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : २७ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६