काठमाडौँ, ३० चैतः
नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ । गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।








प्रतिक्रिया