खोज–अनुसन्धान

अर्घाखाँचीका स्रष्टालाई सम्मान, पाँच कृतिको विमोचन



बुटवल, ६ वैशाख

साहित्यिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित चेतनापूर्ण वाङ्मय प्रतिष्ठानको आयोजना तथा लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा विशेष सम्मान तथा कृति विमोचन कार्यक्रम बुटवलमा शनिवार सम्पन्न भएको छ।


कार्यक्रममा प्राध्यापक होमनाथ भट्टराई (वाङ्ला), स्वर्गीय विष्णुराज अधिकारी ‘प्रदीप’ (हंसपुर) र साहित्यकार बुदराना किमडाडालाई दोसल्ला, सम्मानपत्र तथा नगद सहित सम्मान गरिएको थियो। सम्मान कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा चेतनापूर्ण वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. मुक्ति रिजालले उक्त सम्मान प्रदान गर्नुभएको हो।


कार्यक्रममा बोल्दै डा. रिजालले आफ्ना अभिभावकको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले हरेक वर्ष अर्घाखाँचीमा जन्मिएका विशिष्ट प्रतिभाहरूलाई सम्मान गर्दै आएको बताउनुभयो। उहाँले साहित्य र सर्जनशीलताको संरक्षण तथा प्रवद्र्धन समाज रूपान्तरणका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा डा. गिरि पन्थी र इ. विष्णु सिंहले सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथी लगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी, कार्यक्रमको दोस्रो चरणमा लुम्बिनी वाङ्मय प्रतिष्ठानको संयोजनमा पाँचवटा कृतिको विमोचन तथा समिक्षा समेत गरिएको थियो। उक्त प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद रहनुभएको छ भने यसको केन्द्रीय कार्यालय कपिलवस्तुको बाणगंगा–कपिलधाममा रहेको छ।
कार्यक्रमले साहित्यिक सृजनाको सम्मान गर्दै नयाँ पुस्तामा लेखन र अध्ययन प्रतिको आकर्षण बढाउने सन्देश दिएको आयोजकको धारणा रहेको छ ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६