प्रेसपाटी डेक्स २५ बैशाख
बेलायतमा बसोबास गर्दै आएका नेपाली मूलका जिब बेल्बासे म्यानर पार्क वार्डको काउन्सिलर पदमा निर्वाचित भएका छन् । उनको यस सफलताप्रति विभिन्न नेपाली समुदाय तथा सामाजिक संस्थाहरूले खुसी व्यक्त गरेका छन् ।
विशेषगरी एक्स पुलिस फेमिली फोरम यूकेले बेल्बासेको सफलतालाई नेपाली समुदायको गौरवको रूपमा लिएको जनाएको छ । फोरमले जारी गरेको शुभकामना सन्देशमा जिब बेल्बासे मेहनती, इमान्दार र समाजप्रति समर्पित व्यक्तित्व भएकाले उनले यो सफलता हासिल गर्नु स्वाभाविक भएको उल्लेख गरिएको छ ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय बेल्बासेले नेपाली समुदायको हकहित, एकता र सामाजिक सहकार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । उनको निर्वाचितसँगै बेलायतस्थित नेपाली समुदायमा उत्साह थपिएको छ ।

उनको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै विभिन्न संघ संस्थाले बधाई तथा शुभकामना दिएका छन् ।








प्रतिक्रिया