अन्तर्राष्ट्रिय

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ



काठमाडौँ, २६ वैशाखः

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गर्नुभएको छ । बिदाइ कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

प्रकाशित : २६ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६