अन्तर्राष्ट्रिय

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता



काबुल (अफगानीस्तान), ३१ वैशाख (रासस सिन्ह्वा)

एकै दिनमा पाँच हजार २०० जना भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केको जनाइएको छ । स्वदेश फर्केकाहरु मध्ये एक हजार १७८ जनालाई उनीहरूको गृह प्रान्तमा सारिएको जनाइएको छ । उनीहरु स्वदेश पर्कने क्रममा सिमा नाकामै आवश्यक सहायता प्राप्त गरि सकेको उल्लेख गर्दै बाँकीलाई पनि उनीहरूको आफ्नै प्रान्तमा लगिने बख्तार समाचार एजेन्सिले जनाएको छ । एजेन्सिका अुनुसार गत हप्ता करिब चार हजार जना अफगानी शरणार्थी आफ्नो देश फर्केका छन् । गत वर्षको सुरु देखि हाल सम्म २५ लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएको जनाइएको छ । फर्कनेहरु मध्य अधिकाशं अफगानहरु पाकिस्तान र इरानबाट, आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ भने यी देशहरूले कानुन बमोजिम कागजात नभएका शरणार्थीहरूलाई आफ्नो देश छोड्न आग्रह गरेका छन् ।

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६