अन्तर्राष्ट्रिय

विश्वकप लिग २ आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल



काठमाडौँ,जेठ ८

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ ९२०२३–२०२७० को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने बदला लिन चाहन्छ । अमेरिका र नेपालबीचको यो महत्त्वपूर्ण खेल शुक्रबार बिहान ९ः३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

समान २७ खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाले २७ खेल खेल्दा १९ जित निकाल्दै ३८ अंक जोडेको छ । समान खेल खेलेको नेपालले भने १० मात्र जित निकालेर १५ हारको सामना गरेको नेपाल २२ अंकसहित पाँचौं स्थानमा सीमित छ । विश्वकप छनोटमा पर्न र एकदिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अमेरिका भने शीर्ष स्थानमामा रहँदै उपाधि उचाल्ने दाउमा छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमै भएको अघिल्लो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर तीन बलमा मात्र एक विकेटको क्षतिमा १९९ रन बनाउँदै नौ विकेटको सानदार जित निकालेको हो । अघिल्लो खेलको महत्त्वपूर्ण जितले नेपालको मनोबल उच्च बनाएको छ । अमेरिका भने नेपाललाई घरेलु मैदानमा बदला लिन चाहन्छ । घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाका चार खेलमध्ये दुई जित निकाल्दा नेपालले एउटामा हारको सामना गरेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई नै ६ विकेटले हराएको हो।

प्रकाशित : ८ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६