जीवनशैली

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढे



काठमाडौँ, जेठ १२
अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन् । वयस्क नेपालीमा उच्च रक्तचापको दर २४ दशमलव ५ प्रतिशत रहेको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताउनुभयो ।
नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७।३६ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १।४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । यो सङ्ख्या निरन्तर बढ्दो छ । उच्च रक्तचाप प्रभावित व्यक्तिमध्ये ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनभिज्ञ हुनु हो । विभिन्न उपायले उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको छ ।
दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनसमेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । रासस

प्रकाशित : १२ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६