ब्रेकिंग न्युज

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन



तेह्रथुम, ३१ जेठः विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको  अनुगमन टोलीले  व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रसायन, करिब २५० हानिकारक र ७० भन्दा बढी क्यान्सरजन्य तत्व हुने जानकारी गराउनुभएको थियो । व्यवसायीहरूलाई अनिवार्य चेतावनीमूलक बोर्ड राख्न, १८ वर्षमुनिका तथा गर्भवतीलाई चुरोटसुर्ती बिक्री नगर्न र शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक स्थलमा धूमपान निषेध कार्यान्वयन र अन्तःशुल्क भुक्तानीाबारे पनि अनुगमन गरिएको थियो ।संयुक्त अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय, तीनवटै सुरक्षा निकाय तथा पत्रकार महासङ्घ पदाधिकारी सहभागी थिए ।  

प्रकाशित : १७ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६