ब्रेकिंग न्युज

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर



नुवाकोट, २४ जेठ ः राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा आज यहाँ बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा चार सय छ जनाले सेवा लिएका छन् ।किस्पाङ–३, काहुले स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञहरूबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्रीरोग, जनरल फिजिसियन, आँखासहितका विशेषज्ञबाट सेवा प्रदान गरिएको समाजले जनाएको छ । शिविरमा एक सय ५२ जनाको भिडियो एक्सरे, ६६ जनाको ‘भिआइए’ जाँच र तीन जनाको प्रयोगशाला परीक्षण सेवा, इसिजी, माइनर ओटीका साथै मोतियाबिन्दुलगायत रोगको निःशुल्क उपचार गरिएको शिविरका संयोजक एवं समाजका सहसचिव विनोद न्यौपानेले जानकारी दिनुभयो । उपचारका साथै आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण गरिएको र थप उपचार गर्नुपर्नेका हकमा सम्बन्धित अस्पतालमा रिफर गरिएको उहाँले बताउनुभयो ।समाजका संस्थापक अध्यक्ष डा केदारनसिंह केसीले एक सय एक वर्षीय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । समाजका अध्यक्ष उदयबहादुर रानामगरले जिल्लाका लागि सामाजिक र विकासका काममा राष्ट्रसेवकहरूले सक्दो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।शिविरका लागि किस्पाङ गाउँपालिकाको स्वास्थ्य शाखा, त्रिशूली अस्पताल प्रमुख डा राजेन्द्र लामा, विभिन्न विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रशिक्षक डा अनिष दाहाललगायतले सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।त्यस अवसरमा किस्पाङ गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाश डिमडुङ, सस्थाका सचिव राजु प्याकुरेल, कोषाध्यक्ष कृष्णराज खतिवडा, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत सहभागी हुनुहुन्थ्यो ।शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रवीन पौडेल, भिडियो एक्सरे विज्ञ डा कैलाश विक, साधारण चिकित्सातर्फ डा अशोक मिजार, स्त्रीरोग विशेषज्ञ डा तुलजा श्रेष्ठलगायतले सेवा दिनुभएको थियो । कार्यक्रममा रु तीन लाखभन्दा बढीको निःशुःक औषधि वितरण गरिएको जनाइएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६