ब्रेकिंग न्युज

हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन



सिमकोट, (हुम्ला), २९ जेठः यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ । बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो ।स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो  सेवा प्रारम्भ भएको हो । बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए । उक्त सेवाअन्तर्गत रजस्वला र त्यसक्रममा हुने समस्या तथा तिनको निदान, परिवार नियोजनका अस्थायी साधनको प्रयोग,  गर्भपतन, गर्भपात गराउन उत्पन्न हुने जटिल शारीरिक समस्या, मानसिक एवं प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई परामर्श पनि उपलब्ध हुनेछ । 

प्रकाशित : २९ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६