अर्थ-वाणिज्य

दिगो वन व्यवस्थापनमा नव प्रभातको नमुना अभ्यास संरक्षण, जैविक विविधता र स्थानीय समृद्धिलाई जोड



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु, ७ साउन

वन संरक्षणलाई वैज्ञानिक व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय समृद्धिसँग जोड्दै आएको नव प्रभात सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा नगरपालिका–८, कपिलवस्तुले दिगो वन व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाएको जनाएको छ।
समूहका अध्यक्ष डिल्लीराज रेग्मीले वन संरक्षण, वन संवद्र्धन, जलवायु परिवर्तन न्यूनीकरण, कार्बन सञ्चिति तथा उपभोक्तामैत्री वन व्यवस्थापनका क्षेत्रमा भएका उपलब्धिहरू सार्वजनिक गर्नु भएको हो।


बाणगंगा नगरपालिका–८ अन्तर्गत रहेको नव प्रभात सामुदायिक वन करिब ३७७.६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसमध्ये नेपाल सरकारको सामुदायिक वन नीतिअनुसार व्यवस्थापनका लागि हस्तान्तरण भएको वन क्षेत्रबाट समूहले वैज्ञानिक वन व्यवस्थापनका सिद्धान्त अवलम्बन गर्दै वन स्रोतको संरक्षण र दिगो उपयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।


अध्यक्ष रेग्मीले वनलाई काठ र दाउराको स्रोतका रूपमा नभई वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा भावी पुस्ताका लागि प्राकृतिक सम्पदाको आधारका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले वनको संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्न वैज्ञानिक विधि अपनाउनु समयको आवश्यकता भएको बताए।


रेग्मीले वनको ८० वर्षे वनबाली चक्रका आधारमा वन व्यवस्थापन भइरहेको उल्लेख गरिएको बताउनु भयो । वन क्षेत्रलाई आठ उपखण्डमा विभाजन गरी प्रत्येक १०–१० वर्षको अवधिमा पुनरुत्पादन, झाडी सफाइ, माटो व्यवस्थापन, बिरुवा हुर्काउने, गोडमेल, मिचाहा प्रजाति नियन्त्रण, तारबार तथा प्राकृतिक पुनर्जनन संरक्षणलगायतका कार्य नियमित रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ।
समूहले हाल सम्म करिब १३.५ हेक्टर क्षेत्रफलमा काठे पोल र मेसजाली सहित तारबार निर्माण गरी प्राकृतिक पुनर्जनन क्षेत्रको संरक्षण गरेको बताइएको छ। यसले वन अतिक्रमण, मानवजन्य क्षति, चौपायाको प्रवेश तथा डढेलोको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुगेको समूहको भनाइ छ।
बनले जलवायु परिवर्तन न्यूनीकरणमा सामुदायिक वनको भूमिकालाई विशेष महत्व दिइएको छ। परिपक्व रुखले कार्बन सञ्चिति गर्ने भए पनि पुनर्जनन भएका युवा बिरुवाले तीव्र गतिमा कार्बन डाइअक्साइड अवशोषण गर्ने भएकाले दिगो वन व्यवस्थापनले हरितगृह ग्यास न्यूनीकरण, स्वच्छ वातावरण निर्माण तथा जलवायु सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरिएको छ।
त्यसैगरी नवीकरणीय ऊर्जा प्रवद्र्धन, वन स्रोतको दिगो उपयोग, राजस्व व्यवस्थापन, उपभोक्ताको सीप विकास तथा संस्थागत सुशासनलाई समूहले आफ्नो प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र सहभागी निर्णय प्रक्रियामार्फत सामुदायिक वनलाई थप प्रभावकारी बनाउने अध्यक्ष रेग्मीले स्पष्ट पार्नु भयो ।
समूहकी सचिव सिता पाण्डेले सामुदायिक वनको सफलता वन क्षेत्रको विस्तारमा मात्र सीमित नरही स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय जीवनसँग प्रत्यक्ष जोडिएको बताउनु भयो । सचिव पाण्डेले वन संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता, वैज्ञानिक व्यवस्थापन र पारदर्शी संस्थागत अभ्यासलाई निरन्तरता दिए सामुदायिक वन भावी पुस्ताका लागि अझ मूल्यवान सम्पत्ति बन्ने विश्वास व्यक्त गर्नु भयो ।


सामुदायिक वन हरियाली जोगाउने संरचना मात्र नभई जलवायु संकटसँग जुध्ने, जैविक विविधता संरक्षण गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र समुदायको साझा समृद्धिको आधार निर्माण गर्ने प्रभावकारी संस्था हो भन्ने सन्देश नव प्रभात सामुदायिक वनका गतिविधीले स्पष्ट पारेको सहजै विश्लेषण गर्न सकिन्छ ।

प्रकाशित : ७ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६