देश

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड



चितवन, १० साउन

यहाँको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ । गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घँुङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ । यस्तै कुमाल तालमा भेटिएका सबै गुढ घँुङ्गीफोर गरुडको रहेका छन् । उहाँका अनुसार पाटुली पोखरीमा पानीको सतह भन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँडहरु अवस्थामा भेटिएको हो । उहाँले भन्नुभयो, “बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गुँड गणनामा ती गुँड देखिएका हुन् ।” भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ र नेचर गाइड एसोसियसनका ४२ जना परिचालन गरिएको थियो । पोखरीलाई चार ब्लकमा बिभाजन गरेर गुँड गणना गरिएको उहाँले जानकारी दिनुभयो । एउटा व्लकमा १० देखि १२ जनाका दरले परिचालन गरी शनिबार गणना गरिएको हो । पोखरीमा ४३३ वटा गुँड फेला परेपछि पोखरी गरूड प्रजातिको महत्त्वपूर्ण प्रजननस्थलका रुपमा पुष्टि गरिएको उहाँले बताउनुभयो । बाटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तरराष्ट्रिय महत्वको बिसहजारी तथा आसपासका तालहरु (रामसार क्षेत्र) अन्तर्गत पर्दछन् । घँुङ्गीफोर बचेरा कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रुपमा बच्चा कोरलेर हुर्काउने गर्दछन् । बाटुलीपोखरीमा विगत चार वर्षदेखि यी चराहरुले गुँड लगाएर बच्चा हुर्काउँदै आएको उहाँले बताउनुभयो । नेपालमा ९०२ प्रजातिका चरा पाइने गरेकामा चितवनमा ६६७ प्रजाति रहेको तथ्याङ्क छ । —

प्रकाशित : १० श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६