देश

वरिष्ठ पत्रकार ज्ञवालीको निधन



लुम्बिनी, ११ साउन

प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आउनुभएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा गएराति काठमाडौँमा निधन भएको छोरा सागर ज्ञवालीले जानकारी दिनुभयो । रुपन्देही शङ्करनगरका स्थायी बासिन्दा ८० वर्षीय पत्रकार ज्ञवाली पछिल्लो समय मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँले लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका ज्ञवालीले विसं २०२४ देखि पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । सरल भाषामा राष्ट्रियता र देशभक्तिको पक्षमा कलम चलाउने ज्ञवालीका लेख–रचना तथा विचार पाठकको रोजाइमा पर्दै आएका थिए । उहाँले लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र पत्रकारिताको प्रशिक्षक भएर काम गर्नुभयो । नेपाल पत्रकार महासङ्घबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, पत्रकार महासङ्घको रुपन्देहीबाट उत्कृष्ट पत्रकारिता पुरस्कार र नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मानबाट उहाँ सम्मानित हुनुहुन्थ्यो । गोपालगोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मानबाट पत्रकार ज्ञवाली विभूषित हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।

प्रकाशित : ११ श्रावण २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६