काठमाडौँ, १२ साउन
सरकारले चार महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । समाजले आज जारी गरेको अवधारणापत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेनुका पौडेलले बताउनुभयो । देशले विधिको शासन खोजेकाले नागरिक चाहेको आधारभूत स्वतन्त्रतासहितको सुशासनको पक्षमा सरकार दृढ भई अझ गहि¥याइमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ ।










प्रतिक्रिया