कपिलवस्तु, साउन १२
नेकपा (एमाले) बाणगंगा नगर कमिटीको विस्तारित बैठक सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले पार्टी सदस्यता नवीकरण तथा संगठन सुदृढीकरण अभियानको प्रगतिको समीक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ।
बैठकमा पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनतामुखी बनाउने विषयमा नेताहरूले आफ्नो धारणा राखेका थिए। स्थानीय तहसम्म संगठन विस्तार, सदस्यता नवीकरण अभियानको प्रभावकारिता तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
बैठकको समीक्षा गर्दै एमाले बाणगंगा इन्चार्ज चक्रपाणी अर्यालले पार्टी सदस्यता नवीकरण अभियान उत्साहजनक रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले कार्यकर्ताको सक्रिय सहभागिताले संगठनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै अभियानलाई निर्धारित समयभित्र सफलतापूर्वक सम्पन्न गर्न सबै तहका नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्नुभयो।
बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य, कपिलवस्तु इन्चार्ज तथा पूर्वमन्त्री बलराम अधिकारी, एमाले नेतृ एवं पूर्व राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, एमाले प्रदेश नेता तथा बाणगंगा इन्चार्ज चक्रपाणी अर्याल, नेतृ बिमला चौधरी तथा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे लगायत नेताहरूको आतिथ्यता रहेको एमाले बाणगंगा नगर कमिटीले जनाएको छ।
बैठकले संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा पार्टीलाई जनतासँग अझ प्रभावकारी रूपमा जोड्ने अभियानलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।










प्रतिक्रिया