देश

राष्ट्रियसभाः शोक प्रस्ताव पारित



काठमाडौँ, १५ साउन

राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । संविधानसभा सदस्य श्रेष्ठप्रति शोक प्रकट गर्दै सभाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बैठकमा सदस्यहरूले एक मिनेट मौन धारणा पनि गर्नुभयो । स्वर्गीय श्रेष्ठको ८९ वर्षको उमेरमा यही साउन १२ गते निधन भएको हो । स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट २०४८ सालको निर्वाचनमा स्याङजा जिल्लाको आमनिर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाट, २०५६ सालको आमनिर्वाचन र २०६४ को संविधानसभा सदस्यमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । साथै २०७० सालमा उहाँ संविधानसभा सदस्य हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित : १५ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६