ब्रेकिंग न्युज

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित



भद्रपुर (झापा), १६ साउन

भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा तोकिएको राजस्व लक्ष्य पूरा गर्न असमर्थ भएको बताएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार गत आवमा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो । अधिकांश निर्यात मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ । –––

प्रकाशित : १६ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६