ब्रेकिंग न्युज

बलिउड अभिनेत्री शेट्टीद्वारा पशुपतिनाथमा पूजा, आराधना



काठमाडौँ, १६ साउनः

बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान रु दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो । अभिनेत्री शेट्टी दर्शनार्थीका रूपमा आज बिहान पशुपतिनाथ दर्शन एवं पूजा आराधनाका लागि प्रवेश गर्नुभएको उहाँले बताउनुभयो । “साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन् । त्यसमध्ये भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्”, उहाँले भन्नुभयो । भारतबाट साउनमा विशिष्ट व्यक्तित्व पनि पशुपतिनाथमा दर्शनका साथै पूजा, आराधना गर्न आउने गरेका छन् । —

प्रकाशित : १६ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६