खोज–अनुसन्धान

     सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग   





काठमाडौँ, १९ साउनः

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ ।    
    
 बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरु उठ्नुभएपछि बोल्न दिइएको समयमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।    
    
 उहाँले सो घटनाका बारेमा सामाजिक सञ्जालमा अफबाह फैलाउने पक्षलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राईले राज्य प्रत्येक नागरिकको संरक्षक हुने भएकाले सोहीअनुसार भूमिका निर्वाह गरी राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।    
    
 सांसद राईले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिनुभएको अभिव्यक्तिका विषयमा जवाफ आउनुपर्ने र सदनको अभिलेखबाट सो भनाइ हटाउनुपर्ने माग गर्नुभयो ।    
    
 नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि फैलिएको अराजक गतिविधि सबैको प्रयासपछि साम्य भएकामा खुसी व्यक्त गर्दै यस किसिमका घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।    
    
 उक्त घटनाका कराण जलेका घर तथा सवारीसाधनको क्षतिपूर्ति दिन सकिने तर व्यवसायीमा पर्न गएको मानसिक पीडालाई कम गर्न नसकिने भएकाले मुलुकलाई दीर्घकालसम्म असर पुर्याउने यस किसिमको संवेदनशील घटनालाई सोहीअनुसार सम्बोधन गर्न सुझाव दिनुभयो ।    
    
 उहाँले सुुनसरी घटनापछि अहिले मुलुकका औद्योगिक घराना आतङ्कित भएको उल्लेख गर्दै दिगो शान्ति र सुव्यवस्था कायम गर्न दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।    
    
 नेपाली कम्युनिष्ट पाटी (नेकपा) सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबैले मिलेर नियन्त्रणमा ल्याउन गरेको प्रयास निकै स¥हानीय भएको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो ।    
    
 उहाँले पीडित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै सो घटनाप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पश्चिम नेपालस्थित सुस्तामा भएको भूमि समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो ।    
    
 श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले केही समयअघि जनकपुर मन्दिर क्षेत्रमा आफ्नो पार्टीका नेता कार्यकर्तामाथि कुटपिट भएको जानकारी गराउँदै त्यस घटनामा संलग्न दोषीमाथि के कस्तो कारबाही भएको छ, सो विषयमा जानकारी गराइयोस् भन्नुभयो । सांसद राईले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आगामी दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।    
    
मुसलमान समुदायबाट कहीँकतै राष्ट्रिय एकता र अखण्डतामा आँच पुुग्ने काम नभएको स्पष्ट गर्नुहुँदै सुनसरीलगायतका क्षेत्रमा भएको घटनाको छानबिन हुनुपर्ने माग गर्नुभयो ।    
    
 सो घटनाको समाधानका लागि गृहमन्त्रीबाट भएको प्रयासको प्रशंसा गर्नुहुँदै उहाँले यसअघि हिन्दू राष्ट्र कायम हुँदा यस्तो साम्प्रदायिक घटना नभएको नेपाललाई धार्मिक सहिष्णुतासहित हिन्दू राष्ट्र बनाउनुपर्ने सुझाव दिनुभयो ।    

प्रकाशित : १९ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६