बिजनेस

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



    

काठमाडौँ, २१ साउनः धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ ।    

 ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक एक दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ मा पुगेको छ ।    

 आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर रु चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो । आज ६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।    

 नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर, एनआइबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले कमाएका छन् । आज एलएस होरिजन, मेगा म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।    

प्रकाशित : २१ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६