ब्रेकिंग न्युज

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा



सङ्खुवासभा, २९ साउन

सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ । नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्र्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो । प्रसारण लाइन तथा टावर निर्माणका लागि प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको छ । प्राधिकरणको २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अधिकारी डम्बर भण्डारीले जानकारी दिनुभयो । आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरेको थियो । आयोजनाले पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ता जग्गा खरिद गरेर हस्तान्तरण गरेको सूचना अधिकारी भण्डारीले बताउनुभयो । आयोजनाले ७१ वटा कित्ताको जग्गा रजिस्ट्रेसन पास गरेर डिभिजन वन कार्यालयलाई केही दिनअघि हस्तान्तरण गरेको हो । त्यसैगरी, मकालु गाउँपालिका–५ मा निर्माण हुन लागेको २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटानबापत रु दुई करोड ५२ लाख २५ राजस्व तिरेको छ । मकालु–५ मा निर्माण हुनलागेको आयोजनाले स्याहार, सम्भार र व्यवस्थापनका लागि दुई करोड बढी राजस्व तिरेको वन कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । सो आयोजनामा ६०७ वटा रुख कटान हुनेछन् । जिल्लामा सामुदायिक वनको सङ्ख्या २९० छन् । सङ्खुवासभामा ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ । –––

प्रकाशित : २९ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६