ब्रेकिंग न्युज

एमालेले थाल्यो ‘मिसन पार्टी जागरण अभियान’



कपिलवस्तु, २९ साउन

नेकपा (एमाले) कपिलवस्तुको सातौँ विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुद्धभूमिमा सम्पन्न भएको छ। बैठकले पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै जिम्मेवारी बाँडफाँटसहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सचिव एवम् लुम्बिनी प्रदेश सचिव छविलाल विश्वकर्माले विगतका कमजोरी र अनुभवबाट पाठ सिक्दै पार्टीलाई थप व्यवस्थित, एकताबद्ध र सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले बदलिँदो राजनीतिक परिस्थिति अनुसार संगठनलाई गतिशील बनाउँदै जनतासँगको सम्बन्ध अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।
बैठकमा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने तथा नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पनि पार्टीको वर्तमान अवस्था, संगठन निर्माण र आगामी कार्यदिशाबारे धारणा राख्नुभएको थियो। कार्यक्रममा केन्द्रीय तथा प्रदेश तहका नेताहरूको आतिथ्यता रहेको थियो।


बैठकमा जिल्लाका विभिन्न पालिकाले हालसम्म गरेका सांगठनिक कार्यको प्रगति तथा कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गरिएको थियो। पार्टीको सदस्यता नवीकरण अभियानको अवस्थाबारे जानकारी दिँदै जिल्ला अध्यक्ष बाबुराम खनालले हालसम्म जिल्लामा ३ हजार ५ सय बढी संगठित पार्टी सदस्यको सदस्यता नवीकरण भइसकेको जानकारी दिनुभयो।
बैठकका सहभागीहरूले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्गठन गर्दै नयाँ ऊर्जा र स्पष्ट कार्यदिशाका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले आन्तरिक एकता बलियो बनाएर पार्टीलाई ‘एक ढिक्का’ बनाएर अघि बढ्न नेतृत्वलाई आग्रहसमेत गरेका थिए।


जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता तथा जिल्ला सचिव सिबी गहतराजको सञ्चालनमा सम्पन्न बैठकले संगठन विस्तार, जिम्मेवारी बाँडफाँट र पार्टीका आगामी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण निर्णय गरेको जिल्ला उपाध्यक्ष शंकर पाण्डेले जानकारी दिनुभयो।

प्रकाशित : २९ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६