देश

निर्णय सच्याउन बारको माग



काठमाडौँ, २९ साउन

नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोट पूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा संवैधानिक इजलासको छनोटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने निर्णय तत्काल सच्याउन माग गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “खुला इजलाससमक्ष विचाराधीन मुद्दा पेसीका दिन बहस, छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएकामा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्दा संवैधानिक इजलासमा सार्नु संवैधानिक मूल्यमान्यता अनुसार छैन ।”

प्रकाशित : २९ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६