ब्रेकिंग न्युज

‘देशमा राष्ट्रिय सहमति आवश्यक छ’



नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ३० साउन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका लागि राष्ट्रिय सहमति गर्न आवश्यक रहेको बताउनुभएको छ । पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले मुलुकका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिनुभयो । देश जटिल र असामान्य अवस्थाबीच गुज्रिरहेका बेला सबै राजनीतिक दल निषेधको मनोभावनाभन्दा माथि उठेर सहकार्य र सहमतिको बाटो रोज्नुपर्ने उहाँले भन्नुभयो । राप्रपा नवलपरासीको जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो । एक जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि तीन जनाबीच प्रसिद्ध हुने भएको छ ।

प्रकाशित : ३० श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६