खोज–अनुसन्धान

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त 



 
दाङ, १ भदौः  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।    

 मुख्यमन्त्री आचार्यलाई नेपाल कम्युनिष्ट पाटी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा पार्टी र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेशसभामा कायम ८३ मध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुभयो ।    

 विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभएको थियो ।    

 बैठकको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित रहनुभएको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भने तटस्थ रहनुभएको थियो ।    

 नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनुभएको हो ।    

प्रकाशित : १ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६