ब्रेकिंग न्युज

एनटी स्ट्राइक विरुद्ध खेल्दै नेपाल



काठमाडौँ, ५ भदौः

नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो । खेल आज अपराह्न २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो । लिग चरण पार गर्ने लक्ष्य यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ । सोही कारण नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीका केही महत्त्वपूर्ण खेलाडीलाई अष्ट्रेलिया पठाएको छ । क्यानले कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, गुलशनकुमार झाजस्ता सिनियर टोलीका लागि पटकपटक खेलिसकेका खेलाडी ‘ए’ टोलीमा समावेश छन् । उनीहरूमध्ये अधिकांश खेलाडीले गत संस्करणको टप एन्ड टी–२० सिरिज पनि खेलेका थिए । एनटी स्ट्राइकविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । गत सिजनमा भएको त्यस खेलमा एनटी स्ट्राइकविरुद्ध नेपाल ४२ रनले पराजित भएको थियो । यसपालि नेपाल ‘ए’ सामु त्यो प्रदर्शनमा सुधार गर्ने मौका छ ।

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६