ब्रेकिंग न्युज

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु



गुल्मी, ५ भदौः बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा उहाँको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते हुनुभएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । घाइते पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पुर्‍याएको थियो ।

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६