ब्रेकिंग न्युज

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन



काठमाडौँ, १० भदौ

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्क विहीन हुनुभएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आउनुभएको छ । सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ । –––

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६